Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

नेपालमै रोकिएका विदेशी नागरिकको हकमा विलम्ब शुल्क र जरिवाना नलिने निर्णय

spot_img
spot_img
spot_img

सरकारले वैशाख १६ गतेदेखि उपत्यकाका साथै मुलुकका विभिन्न जिल्लामा लागू गरेको निषेधाज्ञाका कारण नेपालमै रोकिएका विदेशी नागरिकको हकमा विलम्ब शुल्क र जरिवाना नलिने निर्णय गरेको छ ।

अध्यागमन विभागका अनुसार वैशाख १५ गतेसम्म नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय हवाई उडान स्थगत रहेकै अवधिभित्र वा अन्तर्राष्ट्रिय हवाई उडान सूशरु भएको मितिदेखि ७ दिनभि नेपालबाट प्रस्थान हुने विदेशीको हकमा भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना नलिइ भिसा नियमित गर्ने निर्णय गरिएको हो ।

साथै वैशाख १५ गतेसम्म नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय हवाई उडा सूरु भएपछि पनि नेपालमै बस्न चाहने विदेशी नागरिकको हकमा निषेधाज्ञा समाप्त भएको मितिले ७ दिनभित्र भिसा नियमित गर्नका लागि विभाग वा अन्तर्गतका अध्यागमन कार्यालयमा आवेदन गरेमा बिलम्ब शुल्क र जरिवाना नलिइ भिसा नियमित गर्ने निर्णय गरिएको छ ।

त्यसका साथै गत वैशाख १५ गतेसम्म नेपालको वैध पर्यटन भिसा भएका विदेशीको हकमा निषेध आदेश अवधिलाई निज पर्यटक भिसामा नेपाल बस्न सक्ने अवधि १५० दिन अन्तर्गत गणना नगर्ने पनि स्पष्ट पारेको छ ।

अन्तर्राष्ट्रिय हवाई उडान स्थगन रहेकै अवधिभित्र वा अन्तर्राष्ट्रिय हवाई उडान शुरु भएको मितिदेखि ७ दिनभित्र नेपालबाट प्रस्थान हुने विदेशीको हकमा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिसा नियमित हुने विभागको भनाइ छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?