Friday, January 3, 2025

ट्रेन्डिङ :

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने निश्चित

spot_img
spot_img
spot_img

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत नपाउने निश्चित भएको छ । एमालेको माधवकुमार नेपाल समूहले संसदमा अनुपस्थित हुने निर्णय गरेसँगै ओलीले विश्वासको मत नपाउने निश्चित भएको हो । सोमबार बिहान सिंहदरबारमा बसेको माधव पक्षको सांसदको बैठकले संसदमा अनुपस्थित हुने निर्णय गरेको हो । नेपाली कांग्रेस,र नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा पार्टीले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओलीको विपक्षमा उभिएको छ भने महन्थ ठाकुर र राजेन्द्र महतो तटस्थ बस्ने निष्कर्षमा पुगेको छ । आइतबार बसेको जसपाका शीर्ष नेताहरुको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने र स्वतन्त्र छाड्ने निर्णय गरेको थियो ।

प्रतिनिधिसभामा हाल कायम सांसदहरुको संख्या २७१ छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १ सय ३६ सांसदको समर्थन लिनुपर्नेछ । कुल २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एमालेको १ सय २१ सिट छ । त्यसमा वरिष्ठ नेता नेपाल समूहसँग ३५ भन्दा बढी सांसद रहेको सो समूहले दाबी गर्दै आएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टीका ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसद १र१ सांसद छन् । यस हिसाबले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने निश्चित भएको हो ।

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?