Friday, January 3, 2025

ट्रेन्डिङ :

पार्टी एक, बिचार अलग : विस्वासको मतको ठाकुर तटस्थ, विपक्षमा यादव

spot_img
spot_img
spot_img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेमा जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद प्रतिनिधिसभा बैठकमै प्रस्तुत भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधिसभाको बैठकमा आफ्नो पार्टी विश्वासको मत दिने वा नदिने दुवै पक्षमा नउभिने बताए । जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने बताए । ‘विश्वासको पक्षमा मत दिन सक्दैनौं, विपक्षमा मतदान गर्छौं ।’

जसपाले विश्वासको मत सम्बन्धी प्रस्तावबारे हुने मतविभाजनमा आफ्ना सांसदहरूलाई ह्वीप नलगाउने निर्णय गरेको थियो । प्रतिनिधिसभाको बैठकमा भने दुवै अध्यक्षको फरक-फरक धारणा व्यक्त भएको हो । यसबाट ठाकुर पक्षका सांसदहरू तटस्थ रहने र यादव पक्षका सांसदहरूले विश्वासको मतको विपक्षमा मत दिने सम्भावना बढेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?