Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

देशभरका अधिकांश अस्पतालमा अक्सिजन र सिलिन्डरको हाहाकार

spot_img
spot_img
spot_img

काठमाडौं । देशभरका अधिकांश सरकारी तथा निजी अस्पतालमा अक्सिजन र सिलिन्डर हाहाकार भएको छ । अधिकांश कोरोना संक्रमितलाई अक्सिजन आवश्यकता पर्ने देखिए पनि अभाव हुँदा उनीहरूले छटपटाउनुपर्ने बाध्यता आइपरेको छ । अक्सिजन अभावमा केही निजी तथा सरकारी अस्पतालले समेत ‘संक्रमित उपचार गर्न नसकिने’ बताइसकेका छन् । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा आइतबार उपचारका लागि पुगेका संक्रमितका आफन्त गोविन्द शर्माले अक्सिजन नहुँदा समस्या भएको सुनाए ।

ओम अस्पतालले अक्सिजन अभावका कारण नयाँ कोभिड बिरामी भर्ना गर्न नसक्ने स्पष्ट पारेको छ । उसले आइतबार सूचना जारी गर्दै अक्सिजन अभावका कारण थप कोभिड बिरामी भर्ना गर्न नसक्ने जनाएको हो । सरकारको नियन्त्रित कोटामा आउने अक्सिजन आपूर्ति अपर्याप्त भएपछि बिरामी उपचारका लागि तत्पर र तीव्र इच्छा हुँदाहुँदै उपचार गर्न असमर्थ रहेको अस्पतालले जनाएका छन् । ‘अस्पतालले अक्सिजन छैन भन्यो अनि खाली सिलिन्डरसहित अक्सिजन खोज्दै बालाजु औद्योगिक क्षेत्र आएको हुँ,’ संक्रमितका एक आफन्तले भने ।

यसअघि, अल्का अस्पताल, मेडिकेयर अस्पताल, लिमिटेड, नेपाल भारतमैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर, हेल्पिङ ह्यान्डले अक्सिजन अभाव भएको बताइसकेका छन् । सरकारले कोरोना संक्रमित उपचारमा आवश्यक अक्सिजन सहज उपलब्ध गराउन कार्यदल गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठका संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलमा गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव तथा वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल र नेपाल प्रहरी अस्पतालका एकएक चिकित्सक छन् । राजधानी दैनिकमा समाचार छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?