Friday, January 3, 2025

ट्रेन्डिङ :

अक्सिजन सकिएपछि कोरोना संक्रमितलाई डिस्चार्ज गर्दै नेपाल मेडिकल कलेज

spot_img
spot_img
spot_img

काठमाडौं- नेपाल मेडिकल कलेजले अस्पतालमा रहेका सबै बिरामीहरुले आफूलाई आवश्यक अक्सिजन आफैँ व्यवस्था गर्न आग्रह गरेको छ। अक्सिजन सप्लाई गर्ने कम्पनीको मेसिन बिग्रिएर तत्काल अक्सिजन उपलब्ध गराउन नसक्ने जानकारी दिएकाले अस्पतालले  बिरामीलाई आफैँ अक्सिजनको व्यवस्था गर्न आग्रह गरेको हो।

अस्पतालले आफूसँग रहेको अक्सिजन आज बेलुकासम्मका लागि मात्र पुग्ने भन्दै कोरोनाका बिरामीलाई डिस्चार्ज गर्ने जनाएको छ । अक्सिजन अभावमा बिरामी डिस्चार्ज गर्न लागेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गोकर्णेश्वर नगरपालिका र महानगरीय प्रहरी वृत्त बौद्धलाई समेत दिइएको अस्पतालले जनाएको छ ।

यस्तै अक्सिजनको अभावकै कारण बिरामीहरुलाई पनि डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?