Friday, December 27, 2024
spot_img

ट्रेन्डिङ :

फुटको संघारमा जसपा, नयाँ सरकारको पक्षमा नरहेको ठाकुर र महतोको राष्ट्रपतिलाई जानकारी

spot_img
spot_img
spot_img

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आफ्नो पार्टी नयाँ सरकारको पक्षमा नरहेको बताएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर दुबै नेताले आफूहरू नयाँ सरकार गठनको पक्षमा नरहेको जानकारी गराएका हुन् । जबकी उनकै पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई भने ओली सरकार अपदस्थ गर्दै नयाँ सरकार बनाउने पक्षमा उभिएका हुन् । तर नेता ठाकुर र महतोले भने बुधबार दिउँसो राष्ट्रपति भवन शीतलनिवास पुगेर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने पार्टीको निर्णय नभएको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा छलफल गरेपछि शीतलनिवास पुगेर दुई नेताले आफूहरु नयाँ सरकार गठनको प्रक्रियामा सामेल नहुने प्रष्ट्याएका हुन् । सितलनिवासबाट निस्केर ठाकुर र महतो जसपा नेता डा. बाबुराम भट्टराईको निवास पुगेका थिए । प्रधानमन्त्री ओली संसदमा विश्वास मत पाउन असफल भएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दलहरूलाई विहीबार वैशाख ३० गते राति ९ बजेसम्मको समय दिएकी छिन् । नयाँ सरकार गठनका लागि सत्ताको साँचो बनेको जसपा आफैभित्र दुई गूट बनेर फुटको मुखमा पुगेको छ । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन र ओली नेतृत्वको सत्तारुढ एमालेलाई जसपाभित्रको पूर्व राजपाको मत निर्णायक बनेको छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?