Friday, January 3, 2025

ट्रेन्डिङ :

प्रत्येक वर्ष कमजोर बन्दै अर्थतन्त्र, नौ महिनामै १० खर्ब १७ अर्ब बढी व्यापार घाटा

spot_img
spot_img
spot_img

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को ९ महिनाको वित्तिय विवरण अनुसार नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब १७ अर्ब माथि रहेको देखाएको छ । राष्ट्र बैंकको ९ महिना (साउनदेखि चैतसम्म) को तथ्याङ्क हेर्दा ससीक्षामा कुल ११११ अर्ब ४० करोड रुपैयाँको वैदेशिक मालसामानको आयात भइरहँदा यता नेपालबाट जम्मा ९४ अर्ब ७७ करोडको मात्र निर्यात भएको छ । यद्यपी गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा अधिकतम अधिकतम २०.२ प्रतिशतले निर्यात वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । जबकी गत वर्षको सोही अवधिमा यस्तो निर्यात १२.९ प्रतिशतले मात्र वृद्धि भएको बैंकले जनाएको छ ।

यस अवधिमा नेपालबाट निर्यात हुने सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), परिश्मना लगायतका वस्तुहरुको निर्यातदर बढ्दा प्रतिशत समेत बढ्न गएको बैंकले जनाएको छ । यद्यपी सो अवधिमा निर्यात वस्तुहरुमै अग्रणी मानिदै आएको पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतको वस्तुमा भने समिक्षा अवधिमा अनपेक्षित गिरावट आएको राष्ट्र बैंकले बताएको छ । यता, आयाततर्फ भने, गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ९ महिनामा १३.१ प्रतिशतले वृद्धि भएको छ । जबकी गत वर्षको सोही अवधिमा यस्तो वृद्धि ७.५ प्रतिशत मात्र रहेको थियो । निर्यात तर्फ सबैभन्दा बढि चीन तर्फ २७.३ प्रतिशतले र भारत तर्फ २३.५ प्रतिशतले र अन्य मुलुकहरु तर्फ १४.५ प्रतिशतले वृद्धि भएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?