Friday, January 3, 2025

ट्रेन्डिङ :

सुवास नेम्वाङको निर्वाचित क्षेत्रको सडक, जहाँ बिरामी बोकेको गाडी डुब्यो हिलोमा

spot_img
spot_img
spot_img

रवी-  राजनीतिक भागबन्डा र आपसी खिचातानीका कारण बजेट कार्यान्वयनमा समस्या हुँदा विकास निर्माणका कामहरु प्रभावित भएका छन्। ‘हेभी वेट’ नेता रहेकै जिल्लामा पनि विकासका कामले भनेजति गति लिन सकेको छैन्। जसको प्रत्यक्ष मार गाउँलेहरुले ब्यहोरिरहेका छन्। प्रधानमन्त्री केपी ओली र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्रमा रहेको एक महत्वकांक्षी सडक योजना यस्तै नियति ब्यहोरिरहेको छ। पाँचथरबाट झापा जोड्ने उक्त सडकमा देखिएको हालैको एक दृश्यले अवस्था छर्लङ्ग पार्छ। हालैको एक दिन पाँचथरको रवि बजारका एक अधबैंसे व्यक्ति साँझ अचानक बिरामी परे । घाँटी दुखाई र स्वासप्रस्वासमा समेत सामान्य समस्या भएपछि उनलाई सुविधायुक्त अस्पताल पुर्‍याउनुपर्ने भयो। साँझ छिपिइसकेकाले गाडीमा राखेर उनलाई झापाको दमकतर्फ हिँडाइयो ।

रवि-चिसापानी-दमक सडक (फाल्गुनन्द मार्ग) को करिब ४५ किलोमिटर यात्रा थियो। तर भारी वर्षाका कारण सडक क्षतविक्षत र हिलाम्य त्यहीमाथि रातीको यात्रा झनै कष्टकर । रात छिप्पिदैं थियो । करिब साढे १२ बजे माङसेबुङ ३ स्थित चतुरे बजार पार गर्न बित्तिकै गाडी हिलोमा एक्कासी फस्यो।

करिब १५ किलोमिटर मात्र पार गरेको गाडीले हिलाम्मे सडक छिचोल्न सकेन्। उपचारका लागि बिरामी लिएर हिंडेको गाडी रातभर त्यही रोकियो। बिरामी लिएर हिडेका आफन्त अत्तालिए, तर कुनै उपाय थिएन। सडकको माथिबाट पहिरो समेत खस्न थालेपछि उनीहरु गाडीबाट बाहिर निस्के। बास बस्नका लागि कुनै प्रबन्ध भएन। विरामीसहित कुरुवाले सडकमा नै रात बिताए।

विहान स्थानीयबासीहरु भेला भए। हिलोमा फसेको गाडी निकाल्न कोसिस गरे तर सकेनन्। स्काभेटर बोलाइयो। करिब ८ बजेतिर स्काभेटर आएर हिलो सोहोरेर फाल्यो। त्यसपछि बल्लतल्ल स्काभेटरको सहयोगमा हिलोमा फसेको गाडी निस्कियो। साँझ रविबाट बिरामी बोकेर हिँडेको गाडी १५ किलोमिटर पार गर्दा १२ घण्टा बित्यो। बिहानमात्र चतुरेबाट दमकतर्फ हिँड्यो। बिरामीको अवस्था सामान्य रहेकाले मात्र कुनै दुर्घटना हुन पाएन । यदि बिरामीको अवस्था गम्भीर भएको भए के हुनेथियो भन्ने विषय सोचनीय बनेको छ।

सो सडकखण्ड निर्माण सुरु भएको करिब तीन दशक पुग्न लाग्दासमेत कालोपत्र हुने सकेको छैन्। सडक कालोपत्रे नुहँदा इलामका पश्चिमी क्षेत्र र पाँचथरका केही क्षेत्रका बासिन्दाहरु समस्यामा छन्। हिंउदमा सहजता भएपनि वर्षात सुरु हुनसाथ वर्षौंदेखिको पीडा दोहोरिरहन्छ। सो सडक कालोपत्रेका लागि अघिलो वर्ष नै ठेक्का सम्झौता भएको छ। दमकदेखि चिसापानीसम्मको ३३ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भएको हो।

उक्त सडक प्रधानमन्त्री केपी ओली र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्रअन्तर्गत पर्दछ। राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने ओली र नेम्बाङकै निर्वाचन क्षेत्रको सडकको निर्माणले गति नपाउँदा स्थानीयले विरोध गरेका छन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?