Sunday, September 8, 2024

ट्रेन्डिङ :

काठमाडौं छाड्नेलाई आज रातिसम्मको म्याद

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञाको कारण राजधानीमा अलपत्र भएकालाई गन्तव्यसम्म पुग्न दिन आज रातिसम्म समय उपलब्ध गराएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले राजधानीमा रोकिएका सर्वसाधारणलाई उपत्यका छाड्न आज रातभर अनुमति दिएको बताए । ‘अलपत्र परेका सर्वसाधारणलाई उद्दार गर्नको लागि यस्तो निर्णय गरिएको हो’ सीडीओ पराजुलीले भने ।

प्रजिअ पराजुलीका अनुसार बसपार्क र नाकामा अलपत्र परेका सर्वसाधारणलाई गन्तव्यमा पुग्न दिनको लागि उद्दारस्वरुप प्रशासनले यस्तो निर्णय गरेको हो । बाहिर जान चाहने सर्वसाधारणले आफू जान चाहेको जिल्लाका स्थानीय निकायको सिफारिस भने अनिवार्यरुपमा पेश गर्नुपर्ने पनि सीडीओ पराजुलीले जानकारी दिए ।

काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा जेठ १३ गते मध्यरातसम्म रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?