Sunday, September 8, 2024

ट्रेन्डिङ :

जटिल अवस्थाका बिरामीलाई मात्र रिफर गर्न कर्णाली प्रदेश अस्पतालको आग्रह

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतले जटिल अवस्थाका बिरामीलाई मात्र रिफर गर्न आग्रह गरेको छ । अक्सिजन अभाव देखाउँदै थप बिरामी भर्ना नलिने बताएको अस्पतालले शनिबार अर्को विज्ञप्ति जारी गर्दै जटिल प्रकारका बिरामी भए मात्र अस्पतालमा रिफर गर्न आग्रह गरेको हो । कोरोना संकट व्यवस्थापन समितिको बैठकले सामान्य संक्रमितलाई स्थानीय तहमै उपचार गर्ने र जटिल प्रकृतिका संक्रमितलाई मात्रै अस्पतालमा रिफर गर्ने सहमतिपछि अस्पताल थप संक्रमितलाई भर्ना लिन सहमत भएको बताइएको छ । ‘स्थानीय स्वास्थ्य संस्थाहरुबाट सम्भव हुनेसम्मको उपचार त्यहींबाट गर्नुहुन र त्यहाँ सम्भव नहुने अवस्थामा मात्र यस अस्पतालमा रिफर गरी पठाउनु हुन सबैमा अनुरोध गर्दछु,’ अस्पताल निर्देशक डा. डम्बर खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार साँझ अस्पतालले एक विज्ञप्ति जारी गर्दै शनिबारबाट थप बिरामीलाई भर्ना लिन नसक्ने बताएको थियो । उक्त सूचना जारी गरेपछि सर्वसाधारणले अस्पताल प्रशासन र प्रदेश सरकारप्रति सामाजिक सञ्जालमा चर्को आक्रोश पोखेका थिए । अस्पतालले भने नेपालगञ्जबाट अक्सिजन आपूर्ति बन्द भएको भन्दै थप संक्रमितलाई भर्ना लिन नसक्ने जनाएको थियो । तर, अस्पताललाई कम्पनीहरुले कर्णालीमा अक्सिजन आपूर्ति नरोकेको एचओ अक्सिजन इण्डष्ट्रिज प्रालि नेपालगञ्जका सञ्चालक रामु खड्काले बताए ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?