Friday, January 3, 2025

ट्रेन्डिङ :

नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो रहेको मेरो बुझाई गलत साबित भयो : ओली

spot_img
spot_img
spot_img

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको जसरी कोरोना भाइरसको संक्रमण फैलिएला भन्ने आफूलाई नलागेको बताएका छन् । सर्वपक्षीय भेलालाई सम्बोधन गर्दैं ओलीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता धेरै बलियो रहेकाले यो संक्रमण फैलिँदैन भन्ने आफूलाई लागेको बताए । प्रधानमन्त्री तथा यस रुपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइनँ । मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम (रोग प्रतिरोधात्मक प्रणाली) धेरै स्ट्रोङ छ, त्यसकारण हाम्रोमा अलिअलि सर्ला तर यस तहमा चाहिँ वृद्धि हुन सक्दैन भन्ने लाग्या थियो, प्रधानमन्त्री ओलीले भने ।

उनले गत वर्ष कोरोनाको पहिलो लहर चल्दा संसद्‌देखि सार्वजनिक मन्तव्यमा नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले धेरै प्रभाव नपर्ने दाबी गर्दै आएका थिए । त्यस्तै, बेसार पानी, अम्बाको पात उमालेर गार्गल गर्दा कोरोना निको हुन्छ भन्ने भनाइ उनले पटक पटक दोहोर्‍याएका थिए । उनले नेपालीले हिमालबाट बग्ने जडिबुटी पखालेर आएको ‍औषधीय गुण भएको पानी पिउने भएकाले पनि कोरोनाले प्रभाव नपार्ने मन्तव्य संसद्मा नै दिएका थिए ।

कोरोना संक्रमण नियन्त्रणमा विभिन्न सरकारी निकायबीच समन्वयको अभाव देखिएको प्रधानमन्त्री ओलीले स्वीकारेका छन् । आगामी दिनमा त्यसमा सुधार गरिने पनि उनले बताएका छन् । सरकारको तर्फबाट कोअर्डिनेसनको अभाव देखियो । त्यसकारण कोअर्डिनेसनको प्रभावकारी व्यवस्था गरिनेछ । कुनै पनि क्षेत्रमा कोअर्डिनेसन गरिनेछ, उनले भने । पछिल्लो समय कोरोना संक्रमितलाई अक्सिजन पुर्‍याउन समस्या रहेको ओलीले बताए । नेपालमा रहेका अक्सिजन प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने र बाँकी आयात गर्नुपर्ने ओलीको भनाइ थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?