Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

पोखरा स्वास्थ्य विज्ञान संकायको डिनमा डा. नागिला नियुक्त

spot_img
spot_img

पोखरा । पोखरा विश्वविद्यालयको स्वास्थ्य तथा विज्ञान संकायको डिनमा डा. अमर नागिला नियुक्त भएका छन् । सोमबार बसेको पोखरा विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले चार वर्षे कार्यकालका लागि डा. नागिलालाई डिन नियुक्त गरेको हो ।

थाइल्यान्डको माइदल युनिभर्सिटीबाट मेडिकल बायोकेमेस्ट्री तथा मोलिकुलर बायोलोजीमा विद्यावारिधि गरेका डा नागिला , गण्डकी मेडिकल कलेजमा केही समय अध्यापन गरेका थिए ।

उनले २ वर्ष देखि पोखरा विश्वविद्यालयमा सह प्राध्यापकको रुपमा अध्यापन गरिरहेका थिए । डा. नागिला गण्डकी प्रदेशको एक मात्र ‘क श्रेणीको प्रयोगशाला, लाइफ केयर डाइग्नोस्टिक’का सञ्चालक समेत हुन्।

उनको प्रयोगशालाले अहिले निजिस्तरबाट गण्डकी प्रदेशमा कोरोना परिक्षण गरिरहेको छ । उनको प्रयोगशालाबाट गण्डकीका सासंद खिमविक्रम शाहीको कोराना रिपोर्ट पोजेटिभ आएको थियो ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?