एजेन्सी : प्यालेस्टानको संगठन हमाससँग युद्ध गरिरहेको इजरायलमाथि लेबनानबाट पनि रकेट प्रहार भएको छ । लेबनानबाट चार रकेट प्रहार भएको इराइली सेनाले पुष्टि गरेको हो । चार मध्ये एउटा रकेटलाई आकाशमै ध्वस्त पारिएको छ । दोस्रो रकेट खुल्ला खेतमा गएर फाटेको र अन्य २ रकेटहरु भूमध्यसागरमा गएर बिष्फोट भएका छन् । जवाफमा इजरायली सेनाले पनि लेबनानका बिभिन्न ठाउँलाई टार्गेट गरेर मिसायल हानेको जानकारी दिएको छ । टाइम्स अफ इराइलको दृश्यस्तरीय हाइफ़ा र वरपरका धेरै शहरहरूमा खतराको साईरन बजेको थियो । तर अहिलेसम्म कुनै हताहती भएको छैन। चरमपन्थी संगठन हिज्बुल्लाह लेबनानमा गतिविधि गर्दै आएको छ । सन् २००६ मा हिज्बुल्लाह र इजरायलको बीचमा २ महिना युद्ध चलको थियो । पछिल्लो समय विश्व समुदायबाट इजरायल अलग्गिदै गएको छ । अरब लिग पनि इजरायलको बिरुद्ध आक्रमक रुपमा प्रस्तुत भएको छ ।