Sunday, September 8, 2024

ट्रेन्डिङ :

ओलीको चुनौती- सके मलाई हटाउ,नसके मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँ

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरूलाई वैकल्पिक सरकार बनाउन चुनौती दिएका छन् । वैकल्पिक सरकार बने आफू प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको बताएका छन् ।

‘वैकल्पिक सरकार बनाए भयो, वैकल्पिक सकार बने म स्वागत गर्छु,’ बालुवाटारमा सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले भने, ‘तपाईँहरू वैकल्पिक सरकार बनाउनुहोस् मेरो रचनात्मक सहयोग रहने छ ।’

ओलीले आफूले आजै कांग्रेस सभापति शेबहादुर देउवालाई फोन गरेर राष्ट्रिय सरकार मिलेर बनाउन आग्रह गरेको बताए । ‘आज बिहान मैले शेरबरहादुर देउवालाई फोन गरेर भनेँ- तपाईँहरू सरकार बनाउनुहोस् । होइन, भने आउनुहोस् मेरो नेतृत्वमा राष्ट्रियस सरकार बनाउँ न त!’ उनले भने

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?