Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

विपक्षी गठबन्धनसँग १५३ जना सांसद

spot_img
spot_img
spot_img

काठमाडौं : बिहानदेखि विभिन्न तहमा भएका छलफलमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पक्ष र एमालेकै झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरुको हस्ताक्षरमा प्रधानमन्त्रीको दावा प्रस्तुत गर्ने तयारी भएको छ । आफुँग सिंहदरबारमा विपक्षी गठबन्धनको बैठक सुरु भएको छ। अहिले संसदमा कांग्रेसको ६१, माओवादी केद्रको ४९, एमालेका खनाल–नेपाल समूहको २८ सांसद गरी जम्मा १५३ सांसद रहेका छन् । जसपाको यादव समूहको १५ सांसद भएको दावी छ । ३२ सांसद रहेको जसपामा अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले भने आफूतिर बहुमत रहेको दावी गर्दै आएका छन् । प्रधानमन्त्रीले बैशाख २७ गते विश्वासको मत लिँदा जसपमा ठाकुर र यादव पक्षमा १५ १५ सांसद देखिएका थिए ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?