Sunday, September 8, 2024

ट्रेन्डिङ :

राष्ट्रपतिले तत्काल मलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्थ्यो : शेर बहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रतिनिधिसभामा कायम सदस्य संख्याको स्पष्ट बहुमतसहित प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेको बताएका छन् । त्यसअनुरुप राष्ट्रपतिलाई आफूलाई तत्काल प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा त्यसो नगरेको भन्दै उनले आपत्ति जनाएका छन् ।

आज एक प्रेस विज्ञप्ति जारी गरी देउवाले राष्ट्रपतिबाट आह्वान भए बमोजिम आफूले १ सय ४९ जना सांसदका हस्ताक्षर पेश गरेको बताएका हुन् । देउवाले भनेका छन्, ‘राष्ट्रपतिले गरेको आह्वानको आधारमा मैले प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमत सहित १४९ जना माननीय सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीका लागि दावी प्रस्तुत गरेँ । नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गर्नुभयो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?