Friday, September 20, 2024

ट्रेन्डिङ :

संसद विघटनविरुद्ध अदालतले फेरि पनि पहिलेजस्तै फैसला गर्नेछ : पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेको असंवैधानिक कदमविरुद्ध राजनीतिक र कानूनी प्रतिवाद गर्ने बताएका छन् । उनले आफूहरु संसद विघटनविरुद्ध अदालत जानेर अदालत पहिलेजस्तै संसद पुनःस्थापनाको फैसला गर्ने दावी गरे ।

विपक्षी गठवन्धनको वैठकपछि प्रचण्डले पत्रकारसँग भने,‘यो कदम असंवैधानिक मात्र होइन, निरंकुश, स्वैच्छाचारी र प्रतिगमनकारी छ । यो प्रतिगमनकारी कदमका विरुद्ध सर्वोच्च जान्छौ । हिजो १४९ जनाले दावी प्रस्तुत गरेका थियौं उहाँहरु सबैको हस्ताक्षरसहित सर्वौच्च जान्छौं ।’ अघिल्लोपटक संसद विघटनविरुद्ध अदालत र सडकबाट प्रतिवाद गरिएको भन्दै यसपाली पनि त्यसै गरिने उनले बताए।

‘अदालतले अन्ततः फेरि एकपटक लोकतन्त्र र संविधानको पक्षमा फैसला गर्दै संसद पुनःस्थापना गर्नेछ । त्यो पहिलो एपिसोडमै देखिएको हो,’ उनले भने ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?