Sunday, November 10, 2024
spot_img

ट्रेन्डिङ :

कोरोना फैलिँरहेको बेला बिहे गर्दा झापामा बेहुला र बेहुलाकी आमाको मृत्यु

spot_img
spot_img

दमक– झापाको गौरादह नपा–४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ। सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार सङ्क्रमित सन्तोषको गए राति १२ः४५ बजे विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। गत वैशाख २४ गतेदेखि उनी त्यस अस्पतालमा उपचारत थिए।

यसअघि आमा शान्तिदेवी ताजपुरियाको गत वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियो। वैशाख १५ गते सन्तोषको विवाह भएको थियो। विवाह भएको केही दिनमै बेहुला सन्तोष, उनकी नवदुलही, आमासहित पाँचजनाको पूरै परिवारलाई सङ्क्रमण देखिएको थियो।

त्यस्तै सन्तोषकी श्रीमतीको समेत कोशी कोभिड अस्पतालमा उपचार भइरहेको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए। बिहे कार्यमा असवाधानी हुँदा ताजपुरिया परिवारमा सङ्क्रमण सरेको हुनसक्ने उनले बताए। योसँगै गौरादहमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?