Friday, September 20, 2024

ट्रेन्डिङ :

अमेरिकाबाट आइपुग्यो स्वास्थ्य सामग्री, भोलि अक्सिजन सिलिन्डर आउने

काठमाडौं । नेपालको कोरोना भाइरस (कोभिड-१९) महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीको पहिलो खेप आज (शनिबार) काठमाडौं आइपुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सहयोग नियोग युएसएड र अमेरिकी दूतावासका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई सामग्री हस्तान्तरण गरेका छन् ।

अमेरिकी कार्गो बिमानले ती स्वास्थ्य सामग्री काठमाडौं ल्याएको हो । आज ल्याइएका सामग्रीमा सर्जिकल मास्क, फेस सिल्ड र ग्लोब्स संलग्न छन् । यसअघि १०० थान भेन्टिलेटर, परीक्षण किट्स, पीपीई, अक्सिजन उपकरण अमेरिकाले दिएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार युएसएडले आइतबार १००० थान अक्सिजन सिलिन्डर प्रदान गर्ने तयारी गरेको छ । दुईदिनभित्र अमेरिकी कार्गो बिमानले थप दुई खेप सामान ल्याउनेछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?