Friday, December 27, 2024
spot_img

ट्रेन्डिङ :

संसद विघटन विरुद्ध सर्वोच्चमा रिट हाल्न विपक्षी गठबन्धनका नेताहरुले थाले हस्ताक्षर संकलन

spot_img
spot_img
spot_img

काठमाडौं । संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न विपक्षी गठबन्धनका नेताहरुले हस्ताक्षर संकलन सुरु गरेका छन् । सिंहदरबारस्थित काँग्रेस संसदीय दलमा काँग्रेसका सांसद, माओवादी संसदीय दलको कार्यालयमा माओवादी र जसपा संसदीय दलका कार्यदलमा जसपाका सांसदहरु हस्ताक्षर र नागरिकता संकलनमा व्यस्त रहेका हुन् । सबैको हस्ताक्षर संकलन गरिससकेपछि सर्वोच्चमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ । सके आजै, नत्र सोमबार रिट हाल्ने तयारी भइरहेको कांग्रेसका सचेतक पुष्पा भुसालले बताएकी छन् ।

गठबन्धनका तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै शुक्रबार राष्ट्रपतिकै आह्वान बमोजिम गठबन्धनले १४९ सांसदको हस्ताक्षर बुझाइसकेका थिए । तर राष्ट्रपतिले भने प्रधानमन्त्री ओलीको चाहना बमोजिम रातारात संसद विघटन गरिदिएपछि यसले विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र–बाबुराम समूह र राष्ट्रिय जनमोर्चालाई आक्रोशित पारिदिएको छ । यसअघि पनि गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलेको थियो । अन्ततः गएको फागुन ११ मा अदालतले उक्द कदम बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापित भएको थियो ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?