Sunday, September 8, 2024

ट्रेन्डिङ :

नक्कली स्यानिटाइजर उत्पादन गर्ने उद्योगमा प्रहरीको छापा

मानव स्वास्थ्यमा हानिकारक मिथानोल अल्कोहल अत्यधिक प्रयोग गरिएको स्यानिटाइजर कम्पनीमा प्रहरीले छापा मारेको छ।

इमाडोल सितलहाइटमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा महानगरीय अपराध महाशाखा र औषधी व्यवस्था विभागको टोलीले आइतबार छापा मारेको हो।  उक्त कम्पनीले उत्पादन गरिरहेको प्लस ७५ प्रतिशत सेनिटाइजर बजारमा बिक्री वितरण भइरहेको थियो।

सो सेनिटाइजरमा मानव स्वास्थ्यका लागि हानिकारक विषादी मिथानोल अल्कोहल रहेको आशंकामा औषधी व्यवस्था विभागको ल्याबमा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा प्रयोग गर्न नमिल्ने रिपोर्ट आएपछि छापा मारिएको महाशाखा प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले बताए।
उनका अनुसार कम्पनीका सञ्चालक आशिष प्याकुरेल पक्राउ परेका छन्। कम्पनीमा तीस चालीस हजार लिटर सेनिटाइजर फेला परेका छन्।  परिसर प्रमुख एसएसपी खापुङ, प्रहरी उपरीक्षक कोइराला, प्रहरी उपरीक्षक कृष्ण पंगेनी, मुद्दा शाखाका प्रमुख प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीलगायत महाशाखाको टोली नै उक्त कम्पनीमा गएको छ। एसपी पंगेनीका अनुसार उक्त कम्पनी वीरगञ्जमा रहेको भनिए पनि दर्ता देखिँदैन।

पंगेनीका अनुसार विभागको ल्याबबाट प्राप्त रिपोर्टमा सेनिटाइजरमा २४ प्रतिशतसम्म मिथानोल अल्कोहलको मात्रा देखिएको छ।जुन, मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिने हुनाले विभागले प्रयोग गर्न नमिल्ने बताएकाले विभागकै उपस्थितिमा कारखानामा छापा मारिएको उनले बताए।

सेनिटाइजरमा इथानोल अल्कोहलको प्रयोग हुन्छ। मिथानोल अल्कोहलले मानिसको आँखा, छाला, फोक्सोलगायत अंगलाई क्षति गराउने र ज्यानसम्म जानसक्ने विभागको भनाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?