Sunday, September 8, 2024

ट्रेन्डिङ :

आज मन्त्रिपरिषद विस्तार गर्दै ओली, ठाकुर र महतोलाई १० वटा मन्त्रालय दिने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुने भएपछि उक्त पक्षका नेताहरुलाई मन्त्रिपरिषद्मा ल्याउने तयारी भइरहेको बताइएको छ । प्रधानमन्त्री ओलीले जसपाका ठाकुर–महतो पक्षले उठाउँदै आएका मागहरु सम्बोधन गर्न थालेपछि उक्त पक्ष सरकारमा सहभागी हुन लागेको हो । यसैका लागि सरकारको आइतबार नागरिकतासम्बन्धी अध्यादेश जारी गरिसकेको छ । नागरिकतासम्बन्धी अध्यादेश आएपछि अब जसपाको ठाकुर पक्ष सरकारमा जान लालायित भएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जसपालाई दश वटा मन्त्रालय दिने सहमति भएको छ । तर जसपाकै उपेन्द्र यादव र डा बाबुराम भट्टराई पक्ष पनि ओली सरकारको विरुद्धमा छ । ठाकुर महतो पक्षले ओलीलाई साथ दिए पनि यादव–भट्टराई पक्षले भने विपक्षी गठबन्धनलाई सघाइरहेको छ । वैकल्पिक सरकारको नेतृत्व गर्ने अवसर पाउँदा पनि जसपाभित्रको यो विभाजनका कारण पार्टी एकता नै धरापमा परेको छ ।

आइतबार मात्रै यादव–भट्टराई पक्षले ‘प्रतिगमनकारी ओली सरकार’मा आफ्नो पार्टीका कुनै पनि सदस्य सामेल नहुन चेतावनी दिएको छ । यदि सरकारमा सहभागी भएमा पार्टीबाट स्वतः निष्काशित हुने प्रष्ट गरिएको छ । पार्टी विरोधी गतिविधिमा संलग्नताबारे आवश्यक सूचना संकलन गर्ने र यथोचित कारवाही प्रकृया अगाडि बढाउने निर्णय गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?