Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

नागरिकतासम्बन्धी अध्यादेश प्रमाणीकरण भएको खुशीयालीमा दीपावली

spot_img
spot_img
spot_img

रौतहत । नागरिकतासम्बन्धी अध्यादेश प्रमाणीकरण भएको खुशीयालीमा निवर्तमान शहरी विकास मन्त्री एवम् नेकपा एमालेका नेता प्रभु साहको निर्वाचन क्षेत्रसहित रौतहटका विभिन्न स्थानमा दीपावली गरिएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिक अध्यादेश (पहिलो संशोधन) २०७८ प्रमाणीकरण गरेकोले लाखौं नागरिकता विहीन नेपालीको कल्याण हुने भन्दै पहल गरेकोमा प्रभु साह र सरकारलाई धन्यवाद दिदै स्थानीयले दीपावली गरेका हुन् ।

नेता साहको निर्वाचन क्षेत्र रौतहट–३ को कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, देवाही गोनाही नगरपालिका, मौलापुर नगरपालिकाको गाउँ गाउँमा दीपावली गरिएको हो । यस बाहेक रौतहट सदरमुकाम गौर, राजदेवी, बौधीमाईलगायतका स्थानहमा पनि दीपावली गरिएको छ । नेता प्रभु साहले निरन्तर नागरिकताको समस्या समाधान गर्नका लागि पार्टी भित्र र बाहिर संघर्ष गरेर विजय हासिल गरी जनतालाई खुशी बनाएकोमा दीपावली गरेको स्थानीयले बताएका छन् ।

नेपाल नागरिकता अध्यादेश प्रमाणीकरण भएसंगै अब ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता लिन पाउनेछन् भने बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट पनि वंशजका आधारमा नागरिकता दिइने छ । अध्यादेशसंगै अब विदेशी बुहारीले पनि नागरिकता लिन ७ वर्ष कुर्नु नपर्ने भएको छ । गत असार ७ गते नागरिकता विधेयकबारे तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयको ठाडो विरोधमा नेकपाकै नेता प्रभु साह उभिएका थिए ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?