Friday, October 18, 2024

ट्रेन्डिङ :

अब सरकारी र इन्टरनेट सेवाप्रदायकका गाडी दिउँसो चलाउन नपाइने, यस्तो तोकियो नियम

काठाडौं उपत्यकामा अब दिउसो सरकारी गाडी समेत चलाउन नपाइने भएको छ । काठमाडौंका तीन जिल्ला प्रशासन कार्यालयले भिडभाड बढेको भन्दै यस्तो निर्णय गरेको हो ।

मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सरकारी सवारीसाधनलाई दिउँसो चल्न नदिने निर्णय गरेको हो ।

त्यसैगरी अब सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने भएका छन् भने निमार्ण कार्यका सवारी सञ्चालनमा समेत रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयको सूचना-

 

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?