Tuesday, April 29, 2025

ट्रेन्डिङ :

— शङ्का —

spot_img
spot_img

लकडाउन दाेस्राे सिजन छाेक अभियान —– ७

— शङ्का —

सर्जक- पेशल आचार्य

कर्याङ्कुरूङ् आएर
भर्खर काँक्राफर्सी राेप्दै थिए
ससाना केटाकेटीहरू
ठूलाे साँझमा
जीवनकाे
सप्रसङ्ग व्याख्या गर्दै थिए
लक्का जवानहरू
हालसालै
दाम्पत्य अभिनयमा
प्रेमकाे जाेडा मिलाउँदै थिए
अधबैँसेहरू
ती गए,
भाेगाइ
दुःख
आसा
वीरत्व
सहादत
धर्म
पसिना
र जन्म/मृत्यु बारे
तीर्यक प्रवचन दिँदै थिए नाति/नातिनीहरूलाई
प्यारा हजुरबा हजुरआमाहरू
ती गए,
कठै ! जान नहुनेहरू गएछन्
हरे ! बाँच्नै पर्नेहरू पनि गएछन्
आँखामा राख्दा पनि नबिझाउनेहरू गएछन् !
खातिर लाग्दा
काइदाका
चुक्चुकाउनु पर्ने
हाेनहार
मेधावी
सबैसबै
तिनीहरू पाे गएछन्,
याे अदृश्य र असत्ती कीराे पनि
झूट
दम्भी
बेइमान
कुम्भिपाक
र मैँ हूँ भन्नेदेखि
डराउँछ कि क्या हाे ?
अब त
शङ्का पाे लाग्न थालेकाे छ !!!

(२०७८ जेठ, २०)

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?