Wednesday, February 26, 2025

ट्रेन्डिङ :

प्रधानमन्त्री ओलीले दिएको प्रेरणा र हौसलाको मुक्तकण्ठले प्रशंसा गर्छु : अर्याल

spot_img
spot_img

काठमाडौं । नेकपा (एमाले) नेतृ तथा निर्वतमान कृषि तथा पशुपन्क्षी विकासमन्त्री पद्‍मा कुमारी अर्यालले आगामी दिनमा पनि आफ्नो सक्रियतामा कुनै कमी नहुने बताकी छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत् सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै उनले सम्पूर्ण समय जनताकै लागि समर्पित बताएकी हुन् । “आगामी दिनमा पनि मेरो सकृयतामा कुनै कमी रहने छैन र सम्पूर्ण समय जनताकै लागि समर्पित हुनेछु,” अर्यालले लेखेकी छन् ।

साथै, उनले राष्ट्रको सेवा गर्ने मौका प्रदान गर्ने प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरू, सिङ्गो पार्टी पङ्ति र मतदाताप्रति कृतज्ञता व्यक्त गरेकी छन् । कामको सिलसिलामा प्रधानमन्त्रीले दिएको प्रेरणा र हौसलाको उनले प्रशंसा गरिन् ।

“राष्ट्रको सेवा गर्ने मौका प्रदान गर्नुहुने सम्माननीय प्रधानमन्त्री एवं श्रद्धेय पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूसहित आदरणीय नेताहरू, सिङ्गो पार्टी पङ्ति र मतदाताप्रति कृतज्ञता व्यक्त गर्दछु । कामको सिलसिलामा सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई दिनु भएको प्रेरणा र हौसलाको म मुक्त कण्ठले प्रशंसा गर्छु,” पूर्वमन्त्री अर्यालले लेखेकी छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?