Wednesday, February 26, 2025

ट्रेन्डिङ :

जसले संक्रमति नेतालाई जोगाए तर आफु कहिल्लै नफर्किने गरी अस्ताए

spot_img
spot_img

दाङ- नेपाली कांग्रेस दाङ निर्वाचन क्षेत्र नम्बर ३ का सचिव खिमबहादुर वलीलाई सञ्चो नभएपछि गत वैशाख १८ गते एम्बुलेन्समार्फत काठमाडौं गए। दाङ निर्वाचन क्षेत्र नं. ३ (ख) का सभापतिसमेत रहेका वलीको रेखदेख र सहयोगका लागि गाउँकै ६४ वर्षीय लक्ष्मण न्यौंपाने पनि उनीसँगै काठमाडौं गए। उनीहरु तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ प्रिगाउँका स्थानीय बासी हुन्।

नेता वलीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीको आग्रहमा प्रहरी हस्पिटल महाराजगञ्जमा भर्ना गरि वैशाख १९ गतेदेखि उपचार सुरु भयो। त्यसभन्दा पहिले नेता वलीलाई विगत दश दिनदेखि सञ्चो थिएन। तै पनि उनी घरमै बसेका थिए। स्वासप्रश्वासमा समस्या भएपछि मात्रै उनी काठमाडौं गएका थिए ।

उनको पिसीआर टेष्ट पनि काठमाडौंमै भएको हो। नेता वलीको रेखदेखमा दाजु नाता पर्ने न्यौंपाने रातदिन खटिए। सहयोगी र फरासिला स्वभावका कांग्रेस क्रियाशील सदस्य न्यौपानेले नेता वलीलाई औषधि किन्नेदेखि, खाना तथा अन्य बन्दोबस्तिका सामानको सबै ब्यबस्थापन गर्ने कार्यमा सघाए।

झन्डै १५ दिनजतिको उपचार पछि नेता वलीले बिस्तारै स्वास्थ्यलाभ हुन थाल्यो। त्यही बीचमा काँग्रेस नेता न्यौंपानलेलाई ज्वरो, रुघाखोकीको लक्षण देखिन थाल्यो। वैशाख ३१ गते पिसीआर परीक्षण गर्दा न्यौंपानेको रिपोर्ट पनि पोजेटिभ आयो।

त्यसपछि उनी महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका लागि भर्ना भए। नेता वली सञ्चो भएपछि अब उनी आफ्नो रेखदेख र सहयोगका लागि पुगेका नेता न्यौंपानेको हेरचाहामा घर नआई खटिए। जसरी वलीलाई न्यौंपानेले सघाए यो बीचमा वलीले पनि त्यसैगरि सघाए।

औषधी किन्नेदेखि, खानाको प्रबन्धलगायत सबै काम नेता वलीले नै गरे। उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार सुरुमा दूई हप्तासम्म न्यौंपानेको स्वास्थ्य अवस्था सामान्य थियो। तर, जेठ १८ र १९ गते न्यौंपानेलाई कोरोना भाइरसले सिथिल बनाउन थाल्यो। त्यसपछि नेता वलीले आत्तिएर न्यौंपानेको घर परिवारलाई खबर गरे। छोरा अर्जुन न्यौंपाने तुलसीपुरबाट बुवाको रेखदेखका लागि भनेर काठमाडौं पुगे ।

त्यसपछि झनै न्यौंपानेको स्वास्थ्य अवस्था बिग्रदै जानथाल्यो। जेठ २१ गते बेलुका साढे ५ बजे न्यौंपानेको निधन भयो।

घरमा छँदा कुनै स्वास्थ्य समस्या नभएका न्यौंपानेको मृत्युको खवरले घर परिवारदेखि उनका शुभचिन्तक बिछिप्त बनेका छन्। ‘मेरो जीवनको सबैभन्दा नमिठो र दुःखद घटना हो यो,’ नेता वलीले सेतोपाटीसँग भने ‘मेरो सहयोगको लागि म सँगै काठमाडौं आएका आदरणीय दाजुलाई मैले गुमाउनु परेको छ, यो भन्दा बढी म केही भन्न सक्दिनँ।’

शनिबार दश बिहान दश बजेतिर आफू न्यौंपानेलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेको नेता वलीले बताए।

‘म कसरी गाउँमा फर्किउँ र दाजुको परिवारसँग नजर जुदाउँ भन्ने भइरहेको छ,’ वलीले भने ‘ त्यति सहयोगी, मिलनसार मेरो दाजुलाई मैले मसंगै घर ल्याउन नसक्ने भए, पापी कोरोनाले उहाँलाई सदाको लागि हामीबाट खोसेर लग्यो।’

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?