धनुषा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले चार जना मन्त्रीलाई बर्खास्त गरेका छन् । जनता समाजवादी पार्टी संसदीय दलको बहुमत सदस्यले दल नेतामा चयन गरेसँगै मुख्यमन्त्री राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका हुन् । उनले समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई हटाएका हुन् । मुख्यमन्त्री राउतले जसपाको ठाकुर समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई आइतबार राति हटाएको पत्र प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराएका छन् ।