Saturday, April 26, 2025

ट्रेन्डिङ :

विश्वकप फुटबल छनोटमा जोर्डनसँग नेपाल ३–० ले पराजित

spot_img
spot_img

काठमाडौं । विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपाल र जोर्डनबीचको फुटबल खेलमा जोर्डनसँग नेपाल ३–० ले पराजित भएकाे छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९:४५ बजेबाट सुरु भएको खेलमा पहिलाे गाेलका लागि डि–बक्समा बल क्लियर गर्ने क्रममा सुनिल तामाङले फउल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो ।

सोही अवसरलाई सदुपयोग गर्दै बाहाले गोल गरेका हुन् । उक्त फउलका लागि सुनिलले पहेँलो कार्ड पाएका थिए। दाेस्राे हाफ पछि पनि जाेर्डनले १ गाेल लगाएकाे थियाे । जोर्डनका लागि दुबै गोल बाहा फैजलले गरेका हुन् । मध्यान्तर अघि १–० ले अग्रता लिएको जोर्डनले मध्यान्तरपछि ४८ औं मिनेटमा दोस्रो गोल गरेको हो ।

तेस्रो गोल यजान अल अरबले तेस्रो गोल गरे । यजानको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । फैजलले खेलको २३ औं र ४८ औं मिनेटमा गोल गरेका थिए । कुबेतकाे तापक्रम ३९ डिग्री सेन्टिग्रेट रहेकाे थियाे । याे तापक्रम नेपाली खेलाडीका लागि प्रतिकूल रहेकाे थियाे । समूह ‘बी’ मा रहेको नेपालले ७ खेलबाट दुई जितका साथ ६ अंक हासिल गरेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?