Sunday, September 8, 2024

ट्रेन्डिङ :

नेकपाका वरिष्ठ नेता सुदर्शनको रिटमाथि सुनवाई हुँदै, आजै रिहा हुन सक्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ को रिटमाथि आज सुनुवाई हुँदैछ । सुदर्शनकी जीवन साथी अम्बिका चन्दले सर्वोच्च अदालतमा दायर गरेकोे रिटमाथि आज सुनुवाई गर्न लागेको हो । सर्वोच्च अदालतका न्यायाधीश मिरा राणा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले रिटमाथि सुनुवाई गर्ने सर्वोच्चले पेशी सूची सार्वजनिक गरेको छ । सर्वोच्चको २ नम्बर इजलास सुनुवाई हुन लागेको रिटको ललितपुर जिल्ला अदालत र नुवाकोट जिल्ला अदालतलाई विपक्षी बनाइएको छ । यो रिटमाथिको सुनुवाई भिडियो कन्फरेन्सिङका माध्यमबाट हुने सर्वोच्च अदालतले जनाएको छ ।

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमति कार्यान्वनमा नभएपछि सुदर्शनको रिहाईको लागि गत शुक्रबार सर्वोच्चमा रिट दायर गरिएको थियो । सहमतिअनुसार सरकारले नेकपाका नेतामाथि लगाइएका मुद्धा फिर्ता लिएको छैन । नेकपाका नेतामाथि लगाइएका मुद्धा फिर्ता र रिहा गर्ने सहमति गरेपनि सरकारले अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन ।

आफैले गरेको सहमति कार्यान्वयन गर्न गैरजिम्मेवार बनेपछि नेकपाका नेता कार्यकर्ता जेलमै छन् । सरकार सहमतिबाट पछि हटेपछि नेकपाले कानुनी प्रक्रिया सुरु गरेको छ । ललितपुरस्थित एनसेलको टावरमा बम बिस्फोट आरोपमा सफाई पाएका सुदर्शनलाई हातहतियार सम्बन्धी मुद्धा लगाइएको छ । सर्वोच्चले सफाई दिए नेता सुदर्शन रिहा हुनेछन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?