Sunday, March 16, 2025

ट्रेन्डिङ :

अमेरिकालाई मिसायलले उडाई दिने धम्की दिईरहने उत्तर कोरियामा चरम खाद्य संकट

spot_img
spot_img

काठमाडौं : उत्तर कोरियाका नेता किम जोंग उनले कोरोनाभाइरस महामारी र गएको वर्षको आँधीले अन्न बालीमा क्षति पुर्‍याएकाले खाद्यान्नमा संकट आएको बताएका छन् । उनले देशको तनावपूर्णू खाद्यान्न परिस्थितिलाई समाधान गर्नका लागि कदम चाल्न आग्रह गरेको उत्तर कोरियाको सरकारी मिडिया केसीएनएले बुधबार रिपोर्ट गरेको छ। किमले वर्कर्स पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकमा भने, समग्र अर्थतन्त्र वर्षको पहिलो छ महिनामा उल्लेख्य सुधार भएको छ । कुल औद्योगिक उत्पादन एक वर्ष अघि २५ प्रतिशतले बढेको राज्य समाचार एजेन्सी केसीएनएले जनाएको छ। तर उनले खाद्यान्न आपूर्ति अवरोधका कारण योजनाहरू कार्यान्वयन गर्ने पार्टीको प्रयासमा असहयोग पुगेको बताए । किमले भने, गत बर्ष आँधीले गरेको क्षतिको कारण कृषि क्षेत्रले आफ्नो अन्न उत्पादन योजना पूरा गर्न असफल भएपछि जनताको खाद्य अवस्था तनावग्रस्त भएको छ।

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?