Tuesday, December 24, 2024
spot_img

ट्रेन्डिङ :

क्रान्तिकारी ट्रेड युनियन महासंघद्धारा राहत वितरण

spot_img
spot_img
spot_img

काठमाडौं : विप्लव नेकपाको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ उपत्यका विशेष क्षेत्रीय समन्वय समितिको आयोजनामा अति विपन्न मजदुरका १४ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । गार्मेन्ट मजदुर, रिक्सा मजदुर, सरसफाई, निर्माण, ढुवानिमा काम गर्ने मजदुरहरुको परिवारलाई चामल, तेल, तरकारी, नुन लगायतका राहत सामाग्री वितरण गरिएको महासंघले जनाएको छ । महासंघका केन्द्रीय अध्यक्ष विनोद थापाको उपस्थितिमा क्षेत्रीय समन्वयन समिति र स्वास्थ सरसफाई मजदुर संघको संयुक्त पहलमा राहत वितरण गरिएको थियो ।

उक्त राहत वितरण कार्यक्रममा होटल तथा रेष्टुरा मजुर संघका अध्यक्ष सरोज प्रसाद न्यौपाने, स्वास्थ सरसफाई माजदुर संघका उपाध्यक्ष जुना दाहाल र महासचिव सिर्जना सिजापति, पत्रकार सन्तोष तिवारी र विवेक दाहालको उपस्थिति थियो । कार्यक्रममा उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक सिसिरले आफ्नो भनाई राखेका थिए । कार्यक्रमको संचालन स्वास्थ्य सरसफाईका अध्यक्ष रामचन्द्र थापामगरले गरेका थिए ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?