Saturday, September 21, 2024

ट्रेन्डिङ :

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या, मर्मत हुँदै

काठमाडौं- नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। देशैभर नेपाल टेलिकमका मोबाइल नेटवर्कमा समस्या देखिएको छ।

टेलिकम प्रधान कार्यालयले दिएको जानकारीअनुसार अहिले मर्मत कार्य जारी रहेको छ। मर्मतपछि मोबाइल नेटवर्कले काम गर्ने टेलिकमको भनाइ छ।

टेलिकमका मोबाइलमा फोन नलाग्ने, मेसेज नजाने, इन्टरनेट नचल्नेजस्ता समस्या देखिएको प्रयोगकर्ताहरूले गुनासा गरेका छन्। टेलिकमको ल्याण्डलाइन फोनमा भने समस्या छैन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?