Sunday, September 8, 2024

ट्रेन्डिङ :

सवारी लाईसेन्सको लिखित परीक्षाकाे प्रश्न/उत्तर सार्वजनिक, यी प्रश्न जाने परीक्षामा पास

यातायात व्यवस्था विभागले सवारी अनुमति पत्र –लाइसेन्स का लागि आवश्यक पर्ने ५०० ओटा प्रश्न उत्तर संग्रह सार्वजनिक गरेको छ । लाइसेन्स लिखित परीक्षा दिने सेवाग्राहीलाई सहजीकरणको लागि यातायात विभागले यस्तो लिस्ट तयार पारेको हो ।

केहि महिना अघि सवारी चालक अनुमाति पत्र निर्देशिका जारी भएपछि ट्रायल परीक्षा समेतलाई सरलीकृत गरिएको छ ।

तर, अहिले लाइसेन्स आवेदन रोकिएको कारण अंक प्रणालीमा ट्रायल परिक्षा हुन सकेको छैन ।
यातायात विभागका अनुसार यीनै प्रश्न उत्तर संग्रहबाट सवारीचालक अनुमतिपत्र(लाईसेन्स)को लिखित परीक्षामा प्रश्न सोधिने छ ।

विभागले एक सूचना जारी गर्दै अब हुने लिखित परिक्षामा आउनसक्ने प्रश्नहरुलाई समेटेर ५ सय प्रश्न उत्तरहरुको संग्रह सार्वजनिक गरेको हो ।

सवारीचालक अनुमतिपत्र परिक्षा संचालन कार्यविधि निर्देशिका २०७७ का अनुसार  उक्त प्रश्नहरु सार्वजनिक गरिएको विभागले जनाएको छ ।

यसअघि गत चैत १९ गते मोटरसाईकल, स्कुटर, मोपेड, कार, जीप तथा डेलिभरी भ्यानको लाईसेन्स परीक्षाका लागि भन्दै उक्त निर्देशिका जारी भई स्वीकृत भईसकेको छ ।

त्यसैगरी विभागले लिने लिखित परिक्षामा प्रकाशित प्रश्न संग्रहबाट प्रत्येक प्रश्नको ५ अंकका दरले २० प्रश्न सोध्ने सूचनामा उल्लेख छ ।

वर्ग ए र के (मोटरसाईकल, स्कुटर, मोपेड)को प्रश्न पढ्न यहाँ क्लिक गर्नुुस्  ।
वर्ग बी (कार, जिप तथा डेलिभरी भ्यान)को प्रश्न पढ्न यहाँ क्लिक  गर्नुुस्  ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?