Sunday, September 8, 2024

ट्रेन्डिङ :

मेलम्चीका बाढीपीडितलाई तत्काल अस्थायी आवास दिन प्रमको निर्देशन, ‘चाउचाउ बाँडेर हुन्न’

प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बुमा गएको बाढी पहिरोको व्यवस्थापन तथा राहत कार्यलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन निर्देशन दिएका छन्।

जिल्लामा गएको बाढीपहिरोले पुर्‍याएको क्षतिलाई सम्बोधन गर्न मागसहित शुक्रबार पुगेको नेकपा एमाले वाग्मती प्रदेश कमिटीको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै उनले सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

सिन्धुपाल्चोकको विपत्ति एक मानवीय संकट भएको बताउँदै ओलीले भने, ‘यस कुरामा कसैले राजनीति गर्नु हुन्न। मानवीय हिसाबमै जानुपर्छ।’

पुल बगाएको स्थानमा बेलिब्रिजको व्यवस्था गर्ने तयारी सरकारको रहेको उनले बताए। साथै उनले बाढीको पूर्व सूचना दिन साइरन राख्ने, कटान रोक्न तार जालीको व्यवस्था गर्न तथा पीडित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवासको व्यवस्था गर्न समेत निर्देशन दिए।

‘त्यस्ता ठाउँमा दाताहरु पुगेका छन्। उनीहरुलाई त्यहाँ के चाहिएको छ भन्ने थाहा नै छैन। लगेर चाउचाउ बाँडेपछि केटाकेटी खुसी होलान् तर त्यहाँको आवश्यकता त्यो हो कि होइन भन्ने बुझ्नु पर्छ,’ ओलीको भनाइ थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?