Tuesday, March 18, 2025

ट्रेन्डिङ :

ओलीले महान्यायधिवक्ता मार्फत न्यायालयलाई थर्काए : प्रचण्ड

spot_img
spot_img

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयलाई धम्काउने गरेको आरोप लगाएका छन् । संघीय संसद् भवन नयाँबानेश्वरमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरूसँग गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले महान्यायधिवक्ता मार्फत न्यायालयलाई धम्काउने र थर्काउने गरेको आरोप लगाए ।

अदालतको फैसला पहिले नै आफूलाई थाहा हुने गरेको भनेर जनतामा भ्रम छर्ने काम प्रधानमन्त्रीबाट भएको भन्दै उहाँले अहिले पनि आफूहरू न्यायालयले संविधान अनुसार नै फैसला गर्छ भन्नेमा विश्वस्त रहेको स्पष्ट पारे । आफूले भन्दै नभनेको कुरालाई बनाएर भन्ने र जनतामा भ्रम फिँजाउने काम प्रधानमन्त्री ओलीले गरेको अध्यक्ष दाहालको आरोप छ । उहाँले कामचलाउ प्रधानमन्त्रीलाई मन्त्रीमण्डल विस्तार गर्ने अधिकार संविधानले नै दिएको छैन भन्ने आफ्नो अभिव्यक्तिलाई प्रधानमन्त्री ओलीले अदालतको फैसला पहिले नै जानकारी पाएको भनेर गलत प्रचार गरेको दाबी गरे ।

प्रधानमन्त्री भएपछिको पहिलो बजेट नै पार्टीको घोषणापत्रमा उल्लेख भएका विषय विरुद्ध आएको उल्लेख गर्दै ओलीका क्रियाकलापको आफूहरूले विगतदेखि भित्रभित्रै विरोध गर्दै आएको बताए । प्रधानमन्त्री ओलीले गोहीको आँसु चुहाएर मान्छेलाई भ्रम छर्ने र दिउँसै रात पार्ने काम गरेकोसमेत बताए । अध्यक्ष दाहालले पाँचवटै दलबीच लोकतन्त्र र संविधान बचाउने सन्दर्भमा छलफल चलिरहेको भन्दै उहाँले सरकारको प्रतिगामी कदम विरुद्धका कार्यक्रमहरू तय गर्ने क्रममा रहेको सनाए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?