Sunday, March 16, 2025

ट्रेन्डिङ :

लोक सेवा आयोगले जारी गर्यो खरिदारदेखि सहसचिवसम्मको परीक्षाको कार्यतालिका (विज्ञप्तिसहित)

spot_img
spot_img

काठमाडौं : कोरोना महामारीका कारण लामो सयदेखि रोकिएको परीक्षाको लोकसेवा अयोगले कार्यतालिका सार्वजनिक गरेको छ । कोरोना कहर,लकडाउन र पदाधिकारीविहन हुँदा रोकिएका आयोगका नयाँ परीक्षाको कार्यतालिका आयोगले सार्वजनिक गरेको हो । आयोगले एक सूचना प्रकाशित गर्दै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा सम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्ने जनाएको हो। चैत १० गतेबाट आयोग पदाधिकारीविहीन भएसँगै आयोगका परीक्षा सञ्चालन नतिजा प्रकाशन तथा अन्तर्वार्ता लगायतका कामकारबाही प्रभाावित बनेका थिए।

आयोगले पूर्णता पाएसँगै परीक्षाको मिति र समय पनि तोकेको छ। आयोगका अनुसार परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । पूर्व सूचनाअनुसार स्थगित भएका परीक्षालाई सोमबार बसेको आयोगको बैठकले साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो । आयोगका सूचना अनुसार अघिल्लो आर्थिक बर्षमा विज्ञापन प्रकाशन भई परीक्षा सञ्चालन हुन बाँकी रहेका खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालन असोजभित्रैमा सकिने लक्ष्य छ । आयोगले ११ वटा विज्ञापनमा विविध कारणले रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशनलगयतको कार्यतालिका सार्वजनिक गरिसकेको छ । रोकिएका परीक्षा नियमित रूपमा सञ्चालन गर्नआयोगलाई तीनदेखि चार महिनासम्म लाग्ने छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?