Tuesday, March 18, 2025

ट्रेन्डिङ :

देउवाले बाजी मार्ने संभावना, पौडेल गुटका ७ जनाले सभापतिको उम्मेदवारी दिने !

spot_img
spot_img

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई संस्थापनइतरका ६ जनाले सभापतिमा उम्मेदवारी दाबी गर्न थालेपछि सकस परेको छ । संस्थापनईतरका महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, प्रभावशाली नेता डा. शेखर कोइराला, सुजाता कोइराला, डा. रामशरण महतदेखि अर्जुननरसिंह केसीसम्मले आउँदो महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने तयारी थालेपछि वरिगठ नेता पौडेलको सभापति बन्ने चाहनामा ठेस लागेको छ । आगामी भदौमा हुने पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व हाक्न एकै गुटका चार नेताको हानाथाप चलिरहेको देख्दा सोही गुटका जिल्ला सभापतिहरू भने अन्योलमा परेका छन् ।

संस्थापन इतर गुटले साझा उम्मेदवार तय गर्न नसके अहिले सभापतिको दौडमा रहेकालाई छाडेर नयाँ अनुहार खोज्ने चेतावनी पनि जिल्ला सभापतिहरूले दिन थालेका छन् । सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामा, नेताहरू एक नभएको खण्डमा ५६ जिल्लाका सभापतिहरूले भेला गरेरै नया उम्मेदवार खडा गर्ने चेतावनी दिनुहुन्छ । इतर पक्षका नेताहरू एक नभएको खण्डमा साथ छोड्ने पनि उहाँको चेतावनी छ ।

आगामी महाधिवेशनबाट वर्तमान सभापति शेरबहादुर देउवालाई कुनै हालतमा दोस्रो कार्यकाल पार्टी नेतृत्व सुम्पनु हुँदैन भन्नेमा पौडेल गुटमा आम–सहमति छ । तर, चारतिर फर्केका पौडेल गुटका नेताहरूको भाले भिडन्तको सोझो लाभ देउवालाई मिल्ने सम्भावना बढ्दैछ । संस्थापन इतरले साझा उम्मेदवार दिन सक्ने हो भने बाजी मार्ने सम्भावना रहेको जिल्ला सभापतिहरूको बुझाइ छ । भोलि आउने नेतृत्वले अहिलेको कमजोर अवस्थाको पार्टीलाई हिजोकै जस्तो अभिभावकीय र ठूलो पार्टीमा रूपान्तरण गर्नुपर्ने केसीको भनाइ छ । तल्लो तहबाटै नेताहरूलाई एकल उम्मेदवार चयन गर्न दबाब परेपछि म नै सभापति बन्नुपर्छ भनेर दौडधुप गरिरहेका पौडेलतर्फका आकांक्षीहरू सकसमा परेका छन् ।

गुटकै नेतृत्व गर्न नसकिरहेका पौडेलसहित आधा दर्जन नेताले पार्टी नेतृत्वको चाहना राख्नु भनेको सोझै देउवालाई अर्को कार्यकालका लागि सभापति पद सुम्पनु हो । अहिलेसम्मको गतिविधि हेर्दा, देउवाबाट पौडेल गुटतिर नेतृत्व आउँछ नै भन्न सकिँदैन । तर, रातारात टाउके नेताहरू मिलेर शक्ति बाँडफाँड गर्दै एक जना उम्मेदवार तय नहोला भन्न सकिन्न ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?