Thursday, February 20, 2025

ट्रेन्डिङ :

सरकारले शिक्षकलाई सौतेनी व्यवाहार गरेपछि निजामती झै सुविधा माग गर्दै सर्वोच्चमा रिट दायर

spot_img
spot_img

काठमाडौं : आगामी आर्थिक वर्षको बजेटमा शिक्षक तथा कर्मचारीबीच विभेदपूर्ण व्यवहार गरिएको भन्दै स्थायी शिक्षक हकहित मञ्चले सर्वोच्चमा रिट दायर गरेको छ । आर्थिक वर्ष २०७८ ७९ को बजेट बक्तव्यमा निजामती कर्मचारीका लागि १० दिनका लागि भ्रमण काजको सुविधा दिएको छ ।

यस्तै निजामती कर्मचारीलाई १० लाख रुपैंयाको दुर्घटना बीमाको व्यवस्था समेत गरिएको छ तर शिक्षकलाई त्यस्तो सुविधाबाट वञ्चित गरिएको छ । रिटमा १० लाखको दुर्घटना बिमा, १ लाखको स्वास्थ्य सुरक्षा बिमा, १० दिनको सुविधासहितको भ्रमण काज, सन्तति छात्रवृत्ति आदि विषयमा शिक्षण सेवासहित अन्य सेवामा रहेका राष्ट्रसेवकलाई उपलब्ध गराउनुपर्ने माग गरिएको छ।

यस्तै विद्यालयका शिक्षक–कर्मचारीका लागि छुट्टै अस्पतालको प्रबन्ध गर्नुपर्ने माग पनि रिटमा छ। निजामती कर्मचारी र शिक्षकबीच सैतेनी व्यवहार गरिएको र सरकारले ५ लाख शिक्षकमाथि सैतेनी व्यवहार गरिएको भन्दै उनीहरुले अदालतमा रिट दायर गरेका हुन् । यसको फैसलाले स्थायी, अस्थायी, राहत, साबिक उमावि, बाल शिक्षक, विद्यालयका कर्मचारी, अनुदानमा अध्यापनरत शिक्षकलाई सहयोग पुग्ने उनको विश्वास छ। शिक्षकको मुद्दा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका हुन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?