Sunday, September 8, 2024

ट्रेन्डिङ :

हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या

एजेन्सी- हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । हाइटीको सरकारले दिएको जानकारी अनुसार बुधबार आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो ।

स्थानीय समय अनुसार रातको १ बजे निजी निवासमा उनको हत्या भएको प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत बताएका छन् । उनका अनुसार हतियारधारी एक समुहले राष्ट्रपतिको हत्या गरेको हो ।

विज्ञप्तिका अनुसार अहिलेसम्म हत्या गर्नेहरु को हुन् भन्ने खुलेको छैन तर उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेका छन् । यो आक्रमणमा राष्ट्रपति मोइसेकी पत्नी पनिलाई पनि गोली लागेको छ । प्रधानमन्त्री जोसेपले यो घटनालाई ‘घृणित, अमानवीय र बर्बर’ भएको बताएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?