Saturday, March 15, 2025

ट्रेन्डिङ :

छेलोफेलो हुने गरी खोप दिने चीनको निर्णयपछि अमेरिकाले लाज छोप्नकै लागि १५ लाख खोप पठाउने !

spot_img
spot_img

एजेन्सी : कोरोना खोप पठाउन नसक्ने सन्देश पठाएको अमेरिकाले आफ्नो प्रतिस्पर्धी चीनले एकै पटक नेपाललाई ४० लाख डोज कोरोना खोप दिएपछि धर्म संकटमा परेको अमेरिकाले अन्तत १५ लाख डोज कोरोनाविरूद्धको खोप नेपाललाई पठाउने भएको छ । रोयटर्सका अनुसार अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीको खोप (शुक्रबार) नेपाल पठाउन लागेको हो । रोयटर्सले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अधिकारीलाई उदृत गर्दै शुक्रबार नेपाललाई जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख डोज र भुटानलाई ‘मोडर्ना’ को ५ लाख डोज खोप पठाउन लागेको समाचार प्रकाशन गरेको छ । सन् २०२२ सम्म खोप निर्यात गर्न नसक्ने जवाफ पठाएको अमेरिकाले छिमेकी चीनले नेपाललाई आवश्यक परेको जति दिने बताएपछि लाज छोप्नकै लागि भए पनि १५ लाख डोज पठाउने निर्णयमा पुगेको हो ।

नेपालको स-सनो मामिलामा पनि हस्तक्षेप गरेर नेपालमा चर्को विरोध खेप्दै आएको अमेरिकाले कोभिडजस्तो महामारीको बेला मास्क र सेनिटाईजर बाहेक अरु केही सहयोग गरेको थिएन । नेपालको आन्तरिक मामिलामा अनाआवश्यक हस्तक्षेप गरेर राजनीति, अर्थतन्त्र र सँस्कृतिलाई प्रभावित पार्ने अमेरिका कोभिड महामारीको बेला भने २०२२ सम्म कोरोना खोप पठाउन नसक्ने भन्दै पन्छिन खोजेको भएपनि चीनले धमाधम खोप नेपाल पठाउने निर्णय गरेपछि नेपालमा राजनीतिक सहानुभुति प्राप्त गर्नकै लागि १५ लाख खोप पठाउन बाध्य भएको छ ।

चीनले खोप कुटनीति मार्फत् नेपालको सहानुभुति पाउने र आफुले गुमाउने भएपछि देखावटी सहयोग गर्न बाध्य भएको छ । यो अघि राष्टपति भण्डारीले पत्र पठाएर खोप उपलब्ध गरिदिन आग्रह गरेपनि अमेरिकाले वेवास्ता गर्दै आएको थियो । उता भारत पनि चीनले नेपाललाई खोप दिएपछि आतंकित बनेको छ । खोप कूटनीतिले नेपाल चीन सम्बन्धमा सुधार आउने र भारतले खोप नदिदा नेपालीले भारतको आलोचना गरिरहेका भारतीय विज्ञहरुले बताईरहेका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?