Wednesday, January 15, 2025

ट्रेन्डिङ :

च्यासल पुगेका नेपालपक्ष नेताहरु बैठक बहिस्कार गरेर बाहिरिए

spot_img
spot_img
spot_img

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्ष नेता रोक्न आग्रह गर्दै बैठकस्थल पुगेर निष्किएका छन् । शुक्रबार करिब १२ बजेदेखि संस्थापन पक्षको स्थायी कमिटी बैठक च्यासलमा जारी छ । बैठक चलिरहेका बेला नेपालपक्षबाट कार्यदलमा रहेका नेताहरु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका थिए । नेपालपक्षका नेता भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य बैठक स्थल पुगेका थिए । नेता रावलले बैठक रोक्न आग्रह गरेको जानकारी दिए । तर, अध्यक्ष ओलीले बैठक जारी रहने बताएपछि नेपालपक्षका नेताहरु बैठकस्थलबाट बाहिरिएका छन् ।

बैठक रोक्न आग्रह गरे पनि अध्यक्ष ओलीले नमानेपछि आफूहरू निस्किएको नेता रावलले बताए । दुई नेताबीच कुराकानी गर्ने र कार्यदलको सहमति अुनसार जाऔं । पार्टीको एकताका लागि हामी प्रतिबद्ध छौं । हामीबाट सहयोग रहन्छ । सबैभन्दा बढी पार्टी अध्यक्षले सोच्नपर्यो, त्यसपछि वरिष्ठ नेताले सोच्नपर्यो भनेर हामीले आग्रह गर्यौं । तर पार्टी अध्यक्षले धेरै केही भन्नु भएन । यो बैठक जारी रहन्छ । यसका कार्यसूचि अगाडि बढाउनुस् भन्नुभयो । त्यसपछि यिनै कुरामा बैठक अगाडि बढ्ने हो भने हाम्रो सहभागिता छैन । हामी हिड्यौं भनेर निस्कियौं, नेता रावलले भने ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?