Monday, March 17, 2025

ट्रेन्डिङ :

प्रधानमन्त्रीले एमाले फुटाउने दुराशयले विश्वासको लिने निर्णय गरेको आरोप

spot_img
spot_img

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको पहिलो बैठकमा नै विश्वासको मत लिने निर्णयको पछाडि आफ्नो पार्टीलाई विभाजन गर्ने दुराशय रहेको ठहर गरेको छ । पार्टीको आज बसको स्थायी कमिटीको बैठकले आज षडयन्त्रपूर्वक ढंगले विश्वासको मत लिन लागेको निष्कर्ष निकालेको हो । पार्टीको निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘एमाले कतै मिलिहाल्छ कि भन्ने डरले वा एमालेलाई विभाजन गराउने प्रयासबाट आज आज विश्वासको मत लिने निर्णय गरेको देखिन्छ ।’

प्रवक्ता ज्ञवालीले माधव नेपाल पक्षलाई विश्वासको मतको विपक्षमा उभ्याउने गरी आज बिहान भएको प्रयत्न असफल भएको पनि जानकारी दिए । ‘माधव नेपालले अरु कसैले विश्वासको मतको पक्ष मत नदिए पनि आफू एक्लैले भए पनि पक्षमा मत दिने अडान लिनु भयो । सिङ्गो एमालेले विपक्षमा मतदान गर्ने परिस्थिति बनेन,’ उनले भने, ‘उहाँले नयाँ कोर्समा अगाडि बढ्ने एक खालको निर्णय गरिसक्नुभएको रहेछ । वहाँ अब एमालेमा रहनुहुन्न ।’ आज प्रधानमन्त्री देउवाको पक्षमा विश्वासको मत दिने सांसदलाई पनि पार्टीमा नराख्ने निष्कर्ष निकालिएको पनि ज्ञवालीले बताए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?