Monday, March 17, 2025

ट्रेन्डिङ :

यी हुन् प्रधानसेनापति थापाका उत्तराधिकारी

spot_img
spot_img

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल सकिन अब एक महिनामात्रै बाँकी छ । थापाले ४३ औं सेना प्रमुखको जिम्मेवारी निभाएर भदौ २४ मा विदा हुँदैछन् । नेपाली सैन्य परम्परा अनुसार कार्यकाल सकिनुभन्दा एक महिना अघि देखि विदा बस्ने निमय अनुसार उनी साउन २४ गतेबाट बिदामा बसेर आफ्ना उत्तराधिकारीलाई कार्यवाहक जिम्मेवारी दिनेछन् ।

जेठ २३ मै पत्रकारहरुलाई साक्षी राखेर नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको घोषणा गरेका थापाले त्यसको करिब दुई महिनापछि अर्थात् साउन २४ बाट बिदामा बस्न लागेका हुन् । उनको कार्यकाल सकेसँगै नेपाली सेनाको ४४ औं प्रधानसेनापतिका रुपमा रथी प्रभुराम शर्माले नेतृत्व लिने छन् । यसअघि नै युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका शर्मा सेनाभित्र ‘मिलनसार’ अधिकारीको रुपमा आफ्नो छवि बनाएका छन् । शर्माले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी पनि सम्हालिसकेका छन् । शर्मा सेनाभित्र मिलनसार मात्रै नभई ‘एक्सन म्यान’का रुपमा पनि चिनिन्छन् । त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् ।

भारत र अमेरिकामा उच्चशिक्षा एवं सैन्य कला हासिल गरेका शर्मा सेनाभित्र मिलनसार मात्रै नभई ‘एक्सन म्यान’का रुपमा पनि चिनिन्छन् । थापाले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने क्रमा नै ‘आन्तरिक सुधार’ आफ्नो पहिलो जिम्मेवारी रहने प्रण गरेका थिए त्यसै अनुरुप उनले आफ्नो तीन वर्षे कार्यकालमा राष्ट्रिय चुनौतीमा भन्दा पनि आन्तरिक सुधारतर्फ बढी ध्यान केन्द्रित गरेका थिए । पद तथा आचरण विपरीत काम गर्ने धेरै सैन्य अधिकारीलाई कारवाही गरे । जर्नेल जस्तो पदासिन सेनालाई पनि बर्खास्त गरी सैनिक अनुशासन, नैतिकता र आचरणमा थप योगदान गरे । साथै, नक्कली शैक्षिक प्रमाणपत्र, नागरिकता किर्ते र भर्नामा हुने चलखेल नियन्त्रणमा पनि प्रभावकारी ढङ्गले काम गरे ।

चीन र भारतमा सैनिक मुभमेन्ट गर्नसक्ने क्षमता धेरै भएकाले नेपालको पनि डिफेन्स बलियो बनाउनुपर्ने उनको भनाइ छ । राष्ट्रिय सुरक्षामा थपिएका चुनौतीको मुकाबिला गर्नुपर्ने दायित्व भने अब शर्माको काँध आएको छ । शर्माले सरकार प्रमुख र राष्ट्र प्रमुखलाई राष्ट्रिय सुरक्षा र सामरिक सुरक्षाको महत्वबारे कन्भिन्स गर्न ठुलो भूमिका खेल्नु पर्ने छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?