Tuesday, September 17, 2024

ट्रेन्डिङ :

निर्मला पन्तका हत्यारा पत्ता लगाउन प्रम देउबाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कार पछि हत्याका दोषीलाई पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् । उनको हत्या भएको तीन वर्ष पुगिसक्दा पनि हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।

हत्या भएको दिन प्रधानमन्त्री देउवाले गृह मन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् ।

देउवाले सामाजिक संजालमार्फत जानकारी दिँदै आफूले आज गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको जनाएका हुन् ।

तीन वर्ष अघि आजकै दिन बेपत्ता भएकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । उनको शव उखुबारीमा भेटिएको थियो ।

प्रहरीको लापरबाहीका कारण उनको बलात्कार र हत्याको अनुसन्धान पनि प्रभावकारी नभएको भन्दै बिरोध भएको थियो । निर्मला पन्तको हत्यारा पत्ता लगाउनका लागि भएको अनुसन्धान अहिलेसम्म सबैभन्दा महंगो मानिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?