Sunday, March 16, 2025

ट्रेन्डिङ :

एकै पटक आधा दर्जन सचिवहरुको सरुवा

spot_img
spot_img

काठमाडौं : सरकारले आधा दर्जन सचिवहरुको सरुवा गरेको गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याउने निर्णय गरेको छ । पाण्डे यसअघि भूमि व्यवस्था मन्त्रालयमा कार्यरत थिए ।मन्त्रिपरिषद् बैठकले रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याएको छ । शर्मा यसअघि वित्त आयोगमा थिए ।

त्यसैगरी प्रधानमन्त्रीको कार्यालयमा कार्यरत वैकुण्ठ अर्याल सञ्चार मन्त्रालयको सचिव बनेका छन् । प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएको गरिएको छ । त्यस्तै, कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

यस्तै बैठकले सवै तहका कर्मचारीका लागि नयाँ तलबमान तय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए । कार्कीका अनुसार सबै क्षेत्रहरु निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यालयलगायत सबै क्षेत्रका सरकार कर्मचारीको नयाँ तलबमान साउन १ गतेदेखि कायम गर्ने निर्णय भएको हो। यसअघि बजेटमार्फत सरकारले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि मासिक २ हजार रुपैयाँ तलव बढाएको थियो।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?