Saturday, March 15, 2025

ट्रेन्डिङ :

उपत्यकामा निषेधाज्ञालाई थप कडा पारियो, राति ८ बजेपछि सवारीसाधन चलाउन रोक

spot_img
spot_img

काठमाडौं : उपत्यकामा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई थप कडाइ गरेको छ । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले केही क्षेत्रमा कडाइ गर्दै भदौ ८ गतेसम्म निषेधाज्ञा थप गरेको हो । थपिएको निधेषाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्‍जनस्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भीडभाड हुने अन्य कार्यक्रम सञ्‍चालन गर्नरगराउन नपाउने उल्लेख छ।

यस्तै चोक, खुला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्नरगराउन नपाउने व्यवस्था जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेध आदेशमा उल्लेख गरिएको छ। साथै, बिहीबार राति ८ बजेपछि सबै प्रकारका सवारीसाधन चलाउन रोक लगाउने निर्णयसमेत उपत्यकाका सीडीओहरुको बैठकले गरेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?