काठमाडौं । लुम्बिनी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न बिहीबार (भोलि) दिउँसो ३ बजेसम्मको समय दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले आज पदबाट राजीनामा दिएपछि उनले सरकार गठनको लागि आह्वान गरेका हुन् ।