Monday, March 17, 2025

ट्रेन्डिङ :

अमेरिकाले अफगानिस्तान युद्धमा भियतनाममा जस्तो हारेको होईन : विदेश मन्त्री एन्टोनी ब्लिन्केन

spot_img
spot_img

काठमाडौं : एजेन्सी अफगानिस्तानको राजधानीसहित सत्ता नै तालिबानको कब्जामा गएपछि संयुक्त राज्य अमेरिकाले काबुलमा रहेको आफ्नो दूतावासबाट कर्मचारी फिर्ता लिइरहेका बेला विदेश मन्त्री एन्टोनी ब्लिन्केनले भियतनामबाट अमेरिका बाहिए जस्तो तुलना गर्नु गलत भएको बताएका छन् ।

आइतवार अमेरिकी मिडियासँगको साक्षात्कारमा, ब्लिन्केनले अगस्टको अन्त्यसम्म अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने राष्ट्रपति जो बिडेनको निर्णय को बचाव गरे । अमेरिकी सेनाले अफगानिस्तानमा बिग्रिएको सुरक्षा स्थितिमा योगदान दिएको छ । ब्लिन्केनले सीएनएनलाई भने, सन् १९७५ मा भियतनाम युद्धको अन्त्यमा साइगोनको पतन भएको थियो । तर हामी २० बर्ष पहिले एउटा मिशन लिएर अफगानिस्तान गयौं र त्यो मिशन सेप्टेम्बर ११ मा हमला गर्ने मानिसहरु संग बदला लिनु थियो र हामी त्यो मिशनमा सफल भयौं।

सन् १९७५ मा ३५ वर्ष युद्ध लडेको अमेरिकालाई होचि मिन्हाको नेतृत्वको कम्युनिस्ट पार्टीले परास्त गरेर लखेटेको थियो । अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तालाई पनि भेतनाम वारपछिको अमेरिकाको दोस्रो हार भएको भन्ने टिप्पणी हुन थालेपछि अमेरिकाले त्यसको प्रतिवाद गरिरहेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?