Monday, December 23, 2024
spot_img

ट्रेन्डिङ :

नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्न सरकारको सिफारिस

spot_img
spot_img
spot_img

काठमाडौं । सरकारले नेपाली सेनाको प्रधानसेनापति पदमा प्रभुराम शर्मालाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ । विहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधान सेनापति पदमा नियुक्ति गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

 त्यस्तै बैठकले सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । त्यस्तै मन्त्रीपरिषदको बैठकले भदौ ७ गते गाइजात्राको अवसरमा देशभरका नेवार समुदायका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

त्यस्तै यस वर्ष भदौ १४ गते पर्ने कृष्ण जन्माष्टमी पर्वमा पनि सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले बताए । बैठकले काठमाडौं तराई मधेश द्रूत मार्गको सहायक संरचना निर्माण गर्न मकवानपुरका कालभैरव र गौरी शंकर वन क्षेत्रमा परेको ५.२२ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न अनुमति दिने र त्यहाँ रहेका रुट हटाउन स्वीकृति दिएको निर्णय गरेको उनले जानकारी गराए । मन्त्रिपरिषद बैठकले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?